काठमाडौं । नेकपा (नेकपा) का अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिसँग चीन, भारत र नेपाल तीन देश मिलेर साझेदारी गर्ने सहमति भएको खुलासा गरेका छन् । प्रचण्डले चीन, भारत र नेपालबीच आर्थिक, सामाजिक रुपमा सहकार्य गर्ने वातावरण बन्दै गएको खुलासा गरेका हुन् ।
फाइल तस्विरबुधबार नेकपा (नेकपा)द्वारा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा अध्यक्ष प्रचण्डले सी जिनपिङले आफूसँग भएको छलफलमा त्रिदेशीय साझेदारीको विषयमा भारतीय प्रधानमन्त्री मोदीसँग पनि छलफल भएको भन्दै २+१ को अबधारणामा अघि बढ्ने प्रस्ताव गरेको पहिलो पटक खुलासा गरेका छन् ।
भारत गएर नेपाल आएका चिनियाँ राष्ट्रपति सीले भारत र चीन दुईमा नेपाललाई पनि प्लस गरेर १ थप्ने विषयमा चेन्नेईमा कुराकानी भएको शेयर गरेको प्रचण्डले खुलासा गरेका हुन् । प्रचण्डले चियापान कार्यक्रममा आर्थिक रणनीतिक विषयमा त्रिदेशीय साझेदारी हुने बताए ।
विश्वकै उदाउँदै गरेको चीन र तीव्र गतिको आर्थिक वृद्धि गरिरहेको भारतसँगै जोडेर नेपालको आर्थिक रणनीति तयार गरेमा नेपालमा आर्थिक कारोबारसँगै बैंक तथा बीमा क्षेत्रले ठूलो फड्को मार्नेछ ।