IME Life New

महाराजगन्जबाट एयरपोर्ट जान राष्ट्रपति भण्डारीले चढिन हेलिकोप्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि म्यानमार भ्रमणमा निस्कन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासस्थित राष्ट्रपति भवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म जान हेलिकोप्टर चढेकी छिन् ।

आज विहान १०ः३० बजेको उडानमार्फत म्यानमारतर्फ प्रस्थान गर्न विमानस्थल जान नेपाली सेनाको हेलिकोप्टर चढेर गएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ । राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार श्रीधर गौतमले आज विहान पौने १० बजेतिर नेपाली सेनाको हेलिकोप्टर चढेर राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थल पुगेको पुष्टि गरेका छन् ।

Esewa
Crest

सडकबाट सवारी चलाउँदा ट्राफिक जाम भई सर्वसधारणले सास्ती पाउने तथा दशैंको समयमा भ्याली बाहिर परिचालन भएका ट्राफिक प्रहरीहरु भ्याली भित्र आईनपुगेका कारण सुरक्षा संवेदनशीलतालाई ध्यान दिई हेलिकोप्टर चढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS