काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनि र ट्रेनि जुनियर एसिस्टेन्ट पदका लागि ११५ जना कर्मचारी माग गरेको हो ।
बैंकले म्यानेजमेन्ट ट्रेनि पदका लागि २५ जना र ट्रेनि जुनियर एसिस्टेन्ट पदका ९० जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कात्तिक १३ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।