IME Life

घटस्थापनादेखि पूर्णीमासम्ममा एकै जिल्लाका ११ जनाद्वारा आत्महत्या

SPIL
NIC ASIA new
Sanima Reliance

मोरङ । नेपालीहरु महान पर्व दशैको समयमा एकै जिल्लाका ११ जनाले आत्महत्या गरेका छन् । घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा मोरङ जिल्लाका ११ जनाले आत्महत्या गरेका हुन् ।

भनिन्छ, ‘दशैं धनिका लागि दशैं र गरिबका लागि दशा’ नेपालीहरुको महान पर्वका रुपमा रहेको दशै मनाइरहँदा पूर्वी नेपालको मोरङ जिल्लाका ११ घर परिवारलाई दशा भएको छ । दशैं अवधीमा मोरङ जिल्लाका ११ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार दशैं अवधीमा कूल १५ जनाले आत्महत्याको प्रयास गरेका थिए । चार जना बाँच्न सफल भए भने ११ जनाको मृत्यु भएको छ ।

Prabhu
Crest

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा मोरङमा आत्महत्या गर्ने संख्या कहाली लाग्दो छ । प्रहरीका अनुसार गत साउन र भदौ दुई महिनामा मोरङमा ४६ जनाले आत्महत्या गरेका छन् ।

दशैं जस्तो राष्ट्रिय पर्वमा मात्र ११ जनाले झुण्डिएर आत्महत्या गरेका थिए । आत्महत्या गर्नेमा अधिकांश २५ वर्षमुनिका युवा छन् । प्रहरी उपरिक्षक विश्व अधिकारीका अनुसार गरिबी, पारिवारिक झैझगडा, वैदेशिक रोजगारको समस्याका कारण ति मानिसहरुले आत्महत्या गरेका हुन् ।

गत वर्ष मोरङमा मात्र १७२ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७४–७५ मा १८१ र २०७३–७४ मा २२० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङको तथ्याङ्क छ । विभिन्न कारणले आत्महत्या गरी ज्यान गुमाएका परिवारहरुलाई बीमा ऐन अनुसार बीमा दाबी रकम भुक्तानी गर्ने व्यवस्था छैन । जसका कारण आत्महत्या गर्नेका परिवारले समेत ठूलो आर्थिक बोझ व्यहोर्नुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS