IME Life

सी फर्किएकै भोलिपल्ट भारतसँग वार्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समय समयमा नेपालमा अचम्म अचम्मका परिदृष्यहरु घट्ने गरेका छन् । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा दुई देशबीचमा अन्तरदेशीय प्रशारण लाईन निर्माण गर्ने सम्बन्धमा सम्झौता हुने चर्चा थियो । चीन सँग कुनै सम्झौता भएन बरु सी फर्केकै भोलिपल्टदेखि भारतसँग उर्जा वार्ता सुरु गर्न लागिएको छ ।

भारतमा हुने वार्तामा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतको तर्फबाट त्यहाँका ऊर्जा सचिव एससी गर्गले नेतृत्व गर्ने जनाइएको छ । बैठकको मुख्य प्राथमिकतामा अन्तरदेशीय प्रसारणलाइन र इनर्जी बैकिङ रहेको उर्जा मन्त्रालय स्रोतले जनाएको छ ।

Prabhu
Crest

भारतसँग आज हुने वार्तामा न्यू बुटवल–न्यू गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारणलाइनको निर्माणको खाकालाई अन्तिम रुप दिने तयारी गरिएकोछ । चीनसँग अन्तरदेशीय प्रशारण लाईन निर्माणको कुराबाट पछाडि हटेर चिनियाँ राष्ट्रपति सी फर्केकै भोलिपल्ट भारतसँग नयाँ सम्झौता गर्न खोज्नुले उर्जा व्यापारमा भारतसँग नजिक हुन खोजेका देखिन आएकोे छ ।

भारतसँगको उर्जा बैठकमा भनि घातक प्रावधान राखेर हस्ताक्षर गर्न उर्जा मन्त्रालयले अनुमति दिएको सूत्रको दावी छ । बुटवल–गोरखपुरमा बन्ने प्रशारण लाईनमा ७ बर्षका लागि इनर्जी बुक गर्ने शर्तमा हस्ताक्षर गर्न लागेको जनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS