IME Life New

चिनियाँ राष्ट्रपति सी तालिकाभन्दा अगाडि नै काठमाडौंमा अवतरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि दुई दिने नेपाल भ्रमणको क्रममा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ निर्धारित समयभन्दा अगावै काठमाडौंमा आवतरण गर्ने भएका छन् ।

भ्रमण तालिकामा अपरान्ह ४ः३० बजेदेखि ५ः३० बजेभित्र काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिएपनि सी सवार जहाज स्थानीय समय अनुसार अपरान्ह १ः४८ बजे नै भारतको चेन्नेईस्थित विमानस्थलबाट उडेकाले अपरान्ह चार बजे आसपासमा काठमाडौंमा अवतरण गर्ने अनुमान गरिएको छ । बोईङ कम्पनीद्वारा निर्मित बोईङ ७४७–८९ एल सेरिजको जहाज ३५ हजार फिटमाथिको उचाई कायम गर्दै साढे नौ सय किमी प्रतिघण्टाको गतिमा रहेका कारण दुई घण्टा हाराहारीमा काठमाडौंमा अवतरण गर्ने अनुमान गरिएको छ ।

Esewa
Crest

निर्धारित समय भन्दा अगावै काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेपनि अन्य तालिकामा भने परिवर्तन हुनेछैन । विमानस्थलमै नेपाली सेनाले सलामी अर्पण गर्ने भएकोले केही समय एयरपोर्टमै बित्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS