IME Life New

चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आउँदै, प्रम ओलीले बिहानै लिए ब्रिफिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई दिने औपचारिक भ्रमणको सिलसिलामा चिनियाँ राष्ट्रपति सी जिनपिङ आजै अपरान्ह काठमाडौं आउदैछन् । दोस्रो इन्फरमल समिटमा भाग लिने क्रममा हाल भारतको चेन्नेईमा रहेको राष्ट्रपति सी अबको केहीबेरमा काठमाडौंमा अवतरण गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपाल भ्रमणमा आईपुग्ने चिनियाँ राष्ट्रपति सीले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् भने शनिबार साँझ नै होटल सोल्टीमा आयोजना गरिएको रात्रीभोजमा सहभागी हुनेछन् ।

Esewa
Crest

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्दै नेपाली सेनाले सलामी अर्पण गर्नेछ । यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहानै विमानस्थल पुगी त्यहाँदेखि काठमाडौंको होटल सोल्टीसम्म यात्रा गरेर चिनियाँ राष्ट्रपति सीको भ्रमणको तयारीका बारेमा ब्रिफिङ लिएका छन् । प्रधानमन्त्री ओलीको साथमा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल समेत खटिएका थिए ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका
शनिबार
५ः ०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण
–राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वागत
–विमानस्थलमै सैनिक सलामी अर्पण
–सी सोल्टी होटल प्रस्थान
६ः ०० बजे
राष्ट्रपति भवन शीतलनिवास प्रस्थान
६ः ३० बजे
राष्ट्रपतिद्वयबीच भेट, भेटपछि सोल्टी होटल फिर्ता
७ः १५ बजे
प्रमुख विपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेट
७ः ३० बजे
राजकीय भोजमा सहभागी, सुरसुधा ब्याण्ड (नेपाली सेना) द्वारा सांगीतिक प्रस्तुति
आइतबार
१०ः ३० बजे
नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता
११ः ३० बजे
प्रधानमन्त्री केपी ओलीसँग भेट र द्विपक्षीय सम्झौता
१ः०० बजे
स्वदेश फिर्ता

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS