IME Life New

चेन्नेई विमानस्थलमा चिनियाँ राष्ट्रपति सि एक्लै !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको निमन्त्रणामा दुई दिने भारत भ्रमणको क्रममा चेन्नेई पुगेका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई अपमान गरेको सम्बन्धी सांकेतिक समाचार चिनियाँ सञ्चार माध्यमले प्रस्तुत गरेका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाले चेन्नेईमा आफ्ना राष्ट्रपतिको स्थानीय जनता लोकनृत्यमार्फत स्वागत गरेको उल्लेख गरेको छ । साथै सिन्ह्वाले चिनियाँ राष्ट्रपति सिको एक्लो तस्विर प्रकाशन गरेको छ ।

जहाजबाट ओर्लेर एक्लै स्थानीय जनताको लोकनृत्य अघि बढिरहेको तस्विरसहित सिन्ह्वाले राष्ट्रपति सिले स्थानीयबासीलाई हात हल्लाएको तस्विर प्रकाशन गरेको छ । तस्विरमा राष्ट्रपति सि एक्लै देखिन्छन् । साथै समाचारमा चेन्नेई विमानस्थलमा तामिलनाडु प्रान्तका गभर्नर वनवारीलाल पुरोहित तथा त्यहाँका मुख्यमन्त्री एडप्पाडी के पलवानी स्वामीले पुष्प गुच्छाले स्वागत गरेको उल्लेख गरिएको छ ।चिनियाँ सञ्चार माध्यमले कुटनीतिक रुपमा सिलाई विमानस्थलमा दर्शाएको व्यवहारको तस्विरमार्फत प्रकट गरेको प्रष्ट बुझिन्छ । सिन्ह्वाले स्थानीयबासीले लोकनृत्यमार्फत स्वागत गरेको उल्लेख गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS