काठमाडौं । संसदबाट पारित भई राष्ट्रपति कार्यालय पुगेका तीन वटा विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आज प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयद्वारा सूचनामा जनाइएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए ।
तीन वटै विधेयकहरू संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरण लागि पेश गरिएको थियो ।