IME Life

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण औपचारिक, भारत अनौपचारिक, जिनपिङ नयाँदिल्ली नजाने !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शनिबार नेपाल आउन लागेको चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउनुअघि दुई दिने भारत भ्रमण समेत गर्दैछन् । यद्यपि नेपाल भ्रमण औपचारिक भएपनि राष्ट्रपति सिको भारत भ्रमण भने अनौपचारिक रहेको खुलेको छ । कुटनीतिक च्यानलबाट दुवैले भ्रमण हुने औपचारिक जानकारी गराएका छैनन् भने राष्ट्रपति सि भारतको नयाँदिल्ली नगई चेन्नेई पुग्ने र त्यही भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गर्ने तथा दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।

भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाईम्सले दोस्रो इनफरमल समिटमा भाग लिन चिनियाँ राष्ट्रपति सि भारत आउने भएपनि हालसम्म उक्त भ्रमणको औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । समाचारमा भारतीय प्रधानमन्त्रीले सिको स्वागत गर्ने र दुवै देशका बीचमा आपसी साझा चासोका विषयमा छलफल गर्ने जनाइएको छ । तर, औपचारिक भ्रमण नभएकाले कुनै सम्झौता पत्रमा भने हस्ताक्षर हुनेछैन । शुक्रबार भारतको चेन्नई पुग्ने राष्ट्रपतिलाई भारतीय सञ्चारहरुले भने कास्मिरमा अनावश्यक चीनले हस्तक्षेप गरेको विषय उठान आग्रह गरेका छन् ।

Prabhu
Crest

उता, चिनियाँ राष्ट्रपति सि भारत जानुअघि पाकिस्तानका राष्ट्रपति इमरान खान बेईजिङ पुगेका छन् । खानसँग राष्ट्रपति सिले भेटवार्ता गरिसकेको छन् ।

भारत भ्रमण सकेर राष्ट्रपति सि चेन्नेईबाट सिधैं काठमाडौं आउनेछन् । शुक्रबार देखि सुरु हुने सम्मेलनमा भाग लिएपछि राष्ट्रपति शनिबार काठमाडौं आईपुग्ने कार्यक्रम छ । उनी भारतको राजधानी नयाँदिल्ली नगई सम्मेलनस्थल चेन्नेईबाट काठमाडौं आउनेछन् । चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण भने औपचारिक बनाइएको छ । सिको नेपाल भ्रमणको क्रममा आधा दर्जनभन्दा बढि सम्झौताहरुमा हस्ताक्षर गर्ने तयारीमा सरकार जुटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS