IME Life New

निवर्तमान सभामुख महराको सांसदबाट निलम्वित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नै सचिवालयकी कर्मचारीले बलात्कारको अभियोग लगाएपछि पक्राउ परी प्रहरी हिराशतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई प्रतिनिधिसभाले निलम्वन गरेको छ । उनी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

बलात्कारको आरोपमा छानविन गर्न प्रहरीले पक्राउ गरी हिराशतमा राखेसँगै उनको पद निलम्वनमा परेको हो । बिहिवार संसद सचिवालयका महासचिव मनोहर प्रसाद भट्टराईले महरालाई सांसदबाट निलम्वन गरिएको जनाएका छन् ।

Esewa
Crest

महासचिव भट्टराईले बिहिबार सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको उल्लेख गरेका छन् । संसद सचिवालयद्वारा बिहिवार जारी सूचनमा भनिएको छ, ‘महानगरीय प्रहरी वृत, नयाँ बानेश्वर, काठमाडौंको गत असोज १९ गतेको प्राप्त पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतबाट गत असोज १९ गते पक्राउ अनुमति प्राप्त भई काठमाडौं–४, बालुबाटारस्थित सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम नियन्त्रणमा लिइएको व्यहोरा प्रतिनिधिसभाका माननीय उपसभामुखलाई जानकारी गराइएको हुँदा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ । सो धारामा सांसदको पद निलम्वन हुने व्यवस्थाबारे उल्लेख छ ।

उता, बिहिवार नै निवर्तमान सभामुख कृष्ण बहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS