काठमाडौ । शिव श्री हाइड्रोपावरको आज बिहीबारबाट ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री खुला भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको ११ लाख ३६ हजार ५४० कित्ता र सर्वसाधारणलाई छुट्याइएको २२ लाख १४ हजार ६ सय कित्ता गरी कुल ३३ लाख ५१ हजार १४० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
यसमध्ये २ लाख ६८ हजार ०९१ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीले यसअघि स्थानीयलाई १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ निष्कासन गरेकोमा ३ लाख ३९ हजार ८३० कित्ता सेयर मात्र बिक्री भएकोे थियो । यस आइपीओमा असोज २४ गतेसम्म आवेदन दिन पाइनेछ ।
यस अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक १५ गतेसम्म भर्न सकिने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
शिव श्रीको आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई औसत भन्दा तल जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।