IME Life New

नेप्से १० अंकले बढ्यो, १०३ कम्पनीका शेयरधनीले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज बढेको छ । आज नेप्से १० दशमलव १३ अंकले बढेर १,१४५ दशमलव ६९ को विन्दुमा कायम भएको छ । होटल, उत्पादनमुलक र म्युचल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।

धेरै दिनसम्म शेयर बजार प्रति निराश भएका लगानीकर्ताहरुको मुहारमा आज खुशी छाएको छ । आज १ सय ३ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । आज गुमाउनेभन्दा कमाउने लगानकिर्ताहरु बढस् छन् ।

Esewa
Crest

आज १ सय ६४ कम्पनीको १३ लाख ८६ हजार कित्ता शेयर ३ हजार ६ सय ८३ पटक खरिदविक्री हुँदा ३१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल बङलादेश बैंक प्रोमोटर शेयरको ७ करोडमाथिको कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर शेयरको ३ करोड रुपेयाँको कारोबार भएको छ ।

मेगा बैंक, नेपाल टेलिकम र हिमालयन डिस्टीलरीको १ करोड रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ बैंकको ९५ लाख रुपैयाँको कारोबार भएको छ । सिनर्जी पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशतका दरले कमाएका छन् भने शप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS