IME Life New

सिंगो देश दशैं मनाउँदै, कृषि तथा पशु प्राविधिकहरु राजधानीमा नारा घन्काउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीको महान् पर्व दशैं सुरु भइसकेको छ । यतिबेला सिंगो देश दशैंको किनमेल, अफिसबाट विदा लिएर घर जाने हतारोमा दौडिरहेको छ । तर, देशैभरिका तीन हजारभन्दा बढि कृषि तथा पशु प्राविधिकहरु भने संघीय राजधानी काठमाडौंमा आफ्नो अस्तित्वको लडाईका लागि नारा घन्काइरहेका छन् ।घरमा परिवार अनि आफन्तले ‘दशैं आयो, खाउला पिउला….. ’ भन्दै कमाउने आमाबाबु, छोराछोरीको दशैंमा घर फर्कने दिन कुरिरहँदा सयौं प्राविधिकहरु भने दशैंको बेलामा समेत सम्झौताहिन आन्दोलन गर्ने दृढ अठोटका साथ काठमाडौंका सडकमा नारा घन्काइरहेका छन् । ७५३ वटै स्थानीय निकायमा कार्यरत एक गाउँ एक कृषि तथा पशु प्राविधिक कार्यक्रम खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने मुख्य माग राखेर आन्दोलनमा होमिएका प्राविधिकहरुले विगत एक सातादेखि काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । दैनिक माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका कृषि तथा पशु प्राविधिकहरुले सोमबार ललितपुरसम्म र्याली निकालेका छन् । उनीहरुले दशैंको मुखमा आफ्नो रोजीरोटी खोसेको र कृषि प्रधान देशमा किसानका सहयोगीका रुपमा रहेका प्राविधिकहरुलाई हटाउने निर्णय संविधान विरुद्ध भएको भन्दै आन्दोलन गर्दै आएका छन् ।

आन्दोलनका संयोजन गर्दै आएका मान बहादुर रावलले आफूहरुको माग पूरा नभएसम्म घर नफर्कने बताए । सरकारले आफूहरुलाई धोका दिएको भन्दै रावलले तत्काल माग पूरा गर्न समेत माग गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS