IME Life New

विश्वप्रख्यात कम्पनी थोमस कुक टाट उल्टियो, एक लाख ५० हजार बेलायती विश्वभर अलपत्र, २१ हजार कर्मचारीको जागिर चट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रख्यात टुर अपरेटर कम्पनी थोमस कुकका सञ्चालकले सोमबार टाल उल्टिएको घोषणा गरेसँगै यात्रा गर्ने तयारीमा रहेका छ लाखको बुकिङ रद्द भएको छ भने थोमक कुकको सिष्टमबाट बुकिङ गरी यात्रारत एक लाख ५० हजार बेलायती नागरिक विश्वका विभिन्न भागमा अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अलपत्र परेका बेलायती नागरिकको उद्धार गर्न सरकारले नै जहाज चार्टर्ड गर्नु परेको समाचार बेलायतको नागरिक उड्डयन कार्यालयको समन्वयमा युरोप, अमेरिका, अफ्रिकालगायतका देशमा अलपत्र परेका एक लाख ५५ हजार नागरिकको उद्धारको लागि करिब ६० वटा चार्टर्ड फ्लाईट गर्न लागेको छ ।

बेलायत ब्रक्जिटबाट अलग्गिएपछि बेलायती अर्थतन्त्रमा परेको यो सबैभन्दा ठूलो असरको रुपमा अन्तर्राष्ट्रिय जगतमा यतिबेला चर्चा भइरहेको छ । विश्वभर यात्रा गराउने एजेन्सीको रुपमा प्रख्यात थोमस कुक टाट उल्टिएसँगै बेलयाती अर्थतन्त्र गम्भिर अवस्थामा पुगेको विश्लेषण गरिएको छ ।

Esewa
Crest

थोमस कुक कोल्याप्स भएसँगै सो कम्पनीमा आबद्ध २१ हजार कम्पनीको जागिर चट भएको छ । उनीहरुले पाउने तलब तथा बीमा बापतको रकमको अवस्था अज्ञात छ । कम्पनीमाथि ऋणको भार थपिँदै गएपछि कम्पनी टाट उल्टिएको हो । बेलायतको १७८ वर्ष पुरानो कम्पनीले आफ्नो साख जोगाउन २५ करोड अमेरिकी डलर ऋण खोज्दा खोज्दै नपाएपछि टाट उल्टिन पुगेको हो । कम्पनीले आफ्ना शेयरहोल्डर र लगानीकर्तासँग पनि यसबारेमा परामर्श गरेको थियो । थोमस कूकका विश्वभर ६०० को हाराहारीमा ट्राभल स्टोर समेत सञ्चालनमा छन् । तिनमा कार्यरत हजारौं मजदुरको अवस्था के हुने भन्ने निश्चित हुन सकेको छैन ।

कम्पनीका प्रमुख कार्यकारी पिटर फ्यान्काउजरले विज्ञप्तिमार्फत कम्पनीलाई विश्वास गर्ने लाखौं उपभोक्ता र हजारौं कर्मचारीसँग आफूले व्यक्तिगत रुपमा क्षमा माग्न चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS