IME Life New

बीमा समितिसहित बीमा कम्पनीहरुले मनाए संविधान दिवस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पाँचौ संविधान दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बीमा सम्बद्ध कम्पनीहरुले उत्साहप्रद सहभागिता जनाएका छन् । बीमा समितिको नेतृत्व अभिकांश बीमा कम्पनीका सिईओ सहितका उच्च पदस्थ कर्मचारीसहितको उपस्थितिले सैनिक मञ्च टुँडिखेल बीमा कम्पनी मय बन्न पुगेको छ ।

संविधान दिवस मनाउन शुक्रबार विहान ७ः३० बजे भद्रकालीमा जम्मा भएका बीमा सम्बद्ध उच्च अधिकारी तथा कर्मचारीहरु छातीमा नेपालको झण्डा अंकित टिसर्ट लगाएका सेता मानिसहरु हातमा नेपाली झण्डा हल्लाउँदै भद्रकालीदेखि र्यालीसहित विहान ८ः१५ बजे सैनिक मञ्च टुँडिखेलमा प्रवशे गरेका थिए । सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा अन्य सरकारी निकायका भन्दा व्यवस्थित र प्रभावशाली उपस्थितिका कारण सैनिक मञ्चभित्र बीमा सम्बद्ध कर्मचारीहरुले ढाकेका थिए ।राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, सैवैधानिक अंगका प्रमुखहरु, उपप्रधानमन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु सम्मिलित संविधान दिवस मनाउने समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको नेतृत्वमा बीमा कम्पनीका सिईओ, डेपुटी सिईओ तथा कर्मचारीहरु सहभागी भएका हुन् । संविधान दिवस मनाउने समारोहमा बीमक संघका सचिव तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी श्रेष्ठ, नेपाल लाईफ इन्स्योरेन्सका सिईओ विवेक झा, नेपाल इन्स्योरेन्सका सिईओ बिजय शाह, युनाईटेड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलगायतका व्यक्तिहरु सहभागिता जनाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS