IME Life
GBIME

हिमालयन जनरलको एजीएम असोज ६ गते, शेयरधनीको हात खाली

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले असोज ६ गते २५ औं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभा कार्की ब्यांकेट, बबरमहल काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । एनएफआरएसको कारण देखाउदै आर्थिक वर्ष २०७४।७५ को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने कम्पनीले जनाएको छ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । भदौ १६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

Crest

सभामा आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६।७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।त्यस्तै, सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट दुई गरी कुल पाँचजनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुने भएको छ ।

हाल कम्पनीको पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS