IME Life New

डेँगुको महामारी, अस्पतालहरु भरिए, टेकुमा ग्यारेजमै राखेर उपचार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लामखुट्टेबाट सर्ने रोग डेँगुले महामारीको आकार लिन खोज्दा समेत सरकारले प्रभावकारी नियमन गर्न सकेको छैन । डेँगु रोग नियन्त्रण गर्न सरकार असफल हुँदा देशैभरिका अस्पतालहरुमा बिरामीको ठूलो लाईन लागिरहेको छ । टेकुस्थित शुक्रबार ट्रपिकल अस्पतालमा बिरामीहरु राख्ने ठाउँ नहुँदा ग्यारेजमा समेत राखेर उपचार गर्न थालिएको सो अस्पतालले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका सूचना अधिकारी माधव प्रसाद ढुंगानाले देशैभरिका अस्पतालमा बिरामीको ठूलो भिड लागेको र थेग्नै नसक्ने अवस्था आएको बताए । उनले भने ‘टेकुस्थित अस्पतालमा बिरामी राख्ने ठाउँ नभएर ग्यारेजमा समेत बेड राखेर उपचार गराइरहेका छौं ।’

Esewa
Crest

टेकुस्थित अस्पतालमा जाँचका लागि पुगेका मानिसहरु मध्ये ५० प्रतिशत हाराहारी बिरामीलाई डेँगु देखिएको अस्पतालको भनाई छ । टेकुमा दैनिक डेढ सयभन्दा बढि मानिसमा डेँगु भेटिने गरेको छ ।

धरानबाट हेटौडा हुँदै फैलिएको डेँगुका कारण हजारौं मानिस प्रभावित भइसकेका छन् । कृषि मन्त्री चन्द्रप्रसाद खनाल आफै डेँगुबाट संक्रमित भएपछि ग्राण्डीस्थित अस्पतालमा उपचार गराइरहेका छन् । त्यस्तै थुप्रै चिकित्सक समेतमा डेँगु सरेपछि डाक्टरहरु समेत उपचार गर्न डराउने अवस्था सिर्जना भएको छ ।

डेँगुका बिरामीले अस्पतालहरु भरिँदा स्वास्थ्य बीमा गरेका बिरामीहरु समस्यामा परेका छन् । अधिकांशको सम्पर्क अस्पताल सरकारी अस्पताल रहेको ति अस्पतालहरुमा डेँगुका बिरामीले भरिएकोले रोग सर्ने भय र उपचारका लागि बेड पाउनै मुश्किल हुँदा बिरामीहरुले समस्या महसुस गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS