IME Life New

पुँजि नपुर्याउने नौ वटा बीमा कम्पनीमाथि कारवाही नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले गत आर्थिक वर्षभित्रैमा जीवन बीमा कम्पनीको चुक्ता पुँजि दुई अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पुँजि एक अर्ब तोकेको भएपनि उक्त न्यूनतम चुक्ता पुँजि पुर्याउन नसक्ने कम्पनीहरुमाथि बीमा समितिले कारवाही नगर्ने लगभग निश्चित भएको छ ।

समितिलाई प्राविधिक रुपमा कारवाही गर्न समस्या देखिएको छ । समितिले नौ वटा बीमा कम्पनीहरुलाई पुँजि नपुर्याउनुको कारणसहित कार्ययोजना पेश गर्न भनेर गत साउनमै पत्र काटेकोमा सबै बीमा कम्पनीहरुले निर्धारित मितिभित्रै निर्धारित चुक्ता पुँजि पुर्याउने सम्बन्धी कार्ययोजना पेश गरेका थिए । बीमा समितिका अनुसार अहिले समितिले कम्पनीका सञ्चालकहरुलाई समेत बोलाएर निर्धारित पुँजि पुर्याउने सम्बन्धमा छलफल भइरहेको जनाएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले भने, ‘अहिले यो छलफलकै विषय हो । छलफलपछि के गर्ने भन्ने ठोस निर्णय हुन्छ ।’

Esewa
Crest

तर, इन्स्योरेन्स खवरलाई प्राप्त जानकारीमा कतिपयको अघिल्लो आर्थिक वर्षकै सधारणसभा हुन बाँकी रहेको छ । त्यस्तै कतिपय कम्पनीले हकप्रद शेयरको प्रक्रिया अघि बढाईसकेको, संस्थापक शेयरधनीहरुले हकप्रद शेयरबापत रकम जम्मा गरिसकेकोले पनि कारवाही गर्न समस्या पर्ने देखिएको हो । पुँजि पुर्याउन बाँकी नौ वटा कम्पनीहरु मध्ये गुराँस लाईफ, सूर्या लाईफ, एशियन लाईफ, एलआईसी तथा निर्जिवन कम्पनीहरु युनाईटेड, प्रुडेन्सियल, एनएलजी इन्स्योरेन्सले पुँजि बृद्धिका लागि हकप्रद तथा बोनस शेयरको प्रक्रिया सुरु गरिसकेको छन् ।

प्रक्रिया नै सुरु गरेको दुई कम्पनी राष्ट्रिय बीमा संस्था र राष्ट्रिय बीमा कम्पनी हो । निजि कम्पनीहरुले पुँजि बृद्धि प्रक्रिया अघि बढाएर छिट्टै पुँजि पुग्ने र पुँजि पुर्याउन नसक्नेमा सरकारी कम्पनी मात्रै बाँकी रहेकाले पनि बीमा समिति कारवाही गर्ने योजनाबाट पछाडि हटेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS