IME Life New

महालक्ष्मी लाईफ कोहलपुरद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बाँके जिल्लाको कोहलपुरमा जीवन बीमा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर राउत, सिद्धार्थ बैंक कोहलपुर शाखाका प्रमुख मिगल सिंह ठकुरी सम्मान पत्र, मायाको चिनो लगायतले सम्मान गरेको हो । शनिबार आयोजित कार्यक्रममा उत्कृष्ट काम गर्ने अभिकर्ता, युनिट लिडर र एजेन्सी म्यानेजरहरुलाई ट्रफी तथा सम्मानपत्र सहित सम्मानित गरिएको बाँके कोहलपुर शाखा प्रमुख बामदेव पोखरेलले बताए ।

Esewa
Crest

महालक्ष्मी लाइफ इन्स्योरेन्सका कोहलपुरका लिडर हरी सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर राउत, अतिथीहरु सिद्धाथ बैंक कोहलपुरका शाखा प्रमुख मिगल सिंह ठकुरी, मानसरोवर बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष नर भण्डारी, छायाँनाथ रारा यातातात प्रा. लि. का अध्यक्ष नवराज चौलागाई लगायतको उपस्थिती थियो । कार्यक्रममा बीमा अभिकर्ताहरुलाई प्रशिक्षण समेत दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS