Connect IPS
IME Life

एटिएम ह्याकपछि सबै आतंकित, दैनिक ६० हजार भन्दा बढि निकाल्न नमिल्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । गत शनिबार एटिएम सिष्टम ह्याक गरी करोडौं रुपैयाँ लुट्न चिनियाँ ह्याकरहरु सफल भएपछि त्यसको आतंक अझै हटेको छैन । साईबर सेक्युरिटीमाथि गम्भिर प्रश्न चिन्ह उठेपछि नेपाल राष्ट्र बैंकले एटिएमबाट दैनिक ६० हजार रुपैयाँभन्दा बढि रकम निकाल्न नमिल्ने गरी सीमा बाँधेको छ ।

केन्द्रीय बैंकले बिहिबार एक निर्देशन जारी गर्दै एटीएम मेसिनबाट निकाल्न मिल्ने रकमको सिमा घटाएको हो । चिनियाँ ह्याकरले एटिएम नेटवर्कको गेटवे स्वीचिङमा ह्याक गरी एटीएम मेशिनबाट प्रयोगकर्ताको विवरण बिना नै रकम िनिकालेका थिए । करोडौं रुपैयाँ रकम चोरेपछि राष्ट्र बैंकले एटिएमबाट निकाल्न मिल्ने रकमको सीमा घटाएको हो ।

Prabhu
Crest

अब एटीएमबाट एक दिनमा ६० हजार रुपैयाँ र एक पटकमा न्यूनतम पाँच सयदेखि अधिकतम २० हजार रुपैयाँमात्रै निकाल्न सकिने राष्ट्र बैंकद्धारा जारी निर्देशनमा उल्लेख छ । यसअघि एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा २५ हजार रुपैयाँसम्म निकाल्न सकिने व्यवस्था रहेको थियो ।

एटिएम ह्याकपछि सर्वसधारण त आतंकित त थिए नै केन्द्रीय बैंकले समेत जोखिम मोल्न नचाहेर सीमा घटाएको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले नगद व्यवस्थापन, भौगोलिक व्यवस्था र विशेष परिस्थिति समेतलाई ध्यानमा राखी तोकिएको रकमको सीमा घटाउने व्यवस्थालाई बाधा पुर्याएको नमानिने केन्द्रिय बैंकद्धारा जारी निर्देशनमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS