IME Life
GBIME

नागरिक लगानी कोषको २२ प्रतिशत बोनशमा मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं। नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि बिहीबार नागरिक लगानी कोषको सेयर कारोबार प्रतिकित्ता १८ सय ८२ रुपैयाँ ७९ पैसालाई आधार मानेर खुलेको छ ।

भदौ ३० गते साधारण सभा गर्न लागेको नागरिक लगानी कोषले बिहीबार (भदौ १९ गते) बुक क्लोज गरेको हो । यसर्थ बुधबारसम्म मात्र कायम सेयरधनीले २३.१६ प्रतिशत लाभांश सुरक्षित गरेका छन् ।

Crest

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७४/ ७५ को नाफाबाट २२ प्रतिशत बोनस सेयर र कर तिर्न १.१६ प्रतिशत नगद लाभांश दिन लागेको हो । साधारण सभा कार्की ब्यांकेट बबरमहल, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०४–७५ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन समेत पेश गरिने जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS