काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से ११ दशमलव ६३ अंकले घटेर ११८४ दशमलव ७८ को विन्दुमा कायम भएको छ । फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स समुह १ सय ४३ अंकले घटेको छ ।
आज दिनभरिमा १ सय ६९ कम्पनीको ११ लाख ४ हजार ३ सय ९५ कित्ता शेयर ६ हजार ४ सय ७८ पटक खरिदविक्री हुँदा २९ करोड ७३ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यसैगरी शिवम् सिमेन्टको १ करोडमाथिको कारोबार भएको छ । प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्स प्रोमोटर शेयरको १ करोडभन्दा बढीको कारोबार भएको छ । कुमारी बैंक, नेपाल बैंक र सानिमा बैंकको ९० लाखभन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ प्रतिशतका दरले माएका छन् भने सबैभन्दा धेरै रसुवागडीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।