IME Life

‘थाहा सञ्चार नारी रत्न’बाट श्रेष्ठ सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

हेटौंडा । प्रदेश नं ३ को राजधानी हेटौडामा रहेको रेडियो थाहा सञ्चारले तीज विशेष कार्यक्रमको अवसर पारेर समाजसेवी सिला श्रेष्ठलाई ‘थाहा नारी रत्न सम्मान २०७६’ बाट सम्मान गरेको छ ।

रेडियो थाहा संचार ९९.६ मेगाहर्जकी सञ्चालिका अंकिता सुमार्गी तथा नेकपा (नेकपा) मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले संयुक्त रुपमा तुलसी मेहर मेमोरियल स्कूलकी शिक्षासेवी शिला श्रेष्ठलाई सम्मान गरिएको हो ।

Prabhu
Crest

तीजको अवसरमा दर खाने कार्यक्रम सहितको बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु महिलाहरुको पर्व तीजलाई भड्किलो बनाउने भन्दा पनि सामाजिक काम गरेर मनाउन आग्रह गरिन् । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य जुनेली श्रेष्ठले तीजमा सभ्य हुन महिलालाई आग्रह गरिन् । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना, रेडियोका सञ्चालक अरुणराज सुमार्गी, नेपाल नर्सिङ संघ मकवानपुरका सचिव निर्मला भुलुनलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकी अध्यक्ष अंकिता सुमार्गी पराजुलीले शिक्षासेवी श्रेष्ठलाई सम्मानित गर्न पाउँदा रेडियो थाहा सञ्चारले गौरवान्वित भएको र आगामी दिनमा अझै शिक्षा सेवामा लाग्ने हौसला स्वरुप सम्मान गरिएको बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS