IME Life New

हिमालयन जनरलको साधारणसभा असोज ६ मा, शेयरधनीको हात खाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन जनरल इन्स्यारेन्सले असोज ६ गते २५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । तर कम्पनीले आर्थिक वर्ष २०७४।७५ को नाफाबाट सेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, कम्पनीले लाभांश सम्बन्धी कुनै एजेन्डा सभामा पेश नगर्ने भएको छ ।

बीमा कम्पनीले नियमनकारी निकाय बीमा समितिले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसकिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

सञ्चालक समितिमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारणबाट २ गरी कूल ५ जनाको प्रतिनिधित्व हुने व्यवस्था मिलाउन नियमावली संशोधन गरिने प्रस्ताव पनि हुनेछ । आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७६।७७ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ । यस आधारमा भदौ १६ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३३ पैसा रहेको हिमालयनको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ १० पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS