काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भदौ १४ गते शनिबार २३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोक कालिकास्थान डिल्ली बजारमा हुने जनाएको छ ।
कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२ प्रतिशत बोनस सुरक्षित गर्न सक्नेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । यो प्रस्ताव साधारण सभामा पेश हुनेछ ।
नेकोले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद पनि छुट्याइएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४ सय रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्ने जनाएको छ ।