काठमाडौं । एनआईसी एशिया बैंक र रिलायन्स लाईफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न र प्रिमियम रकम भुक्तानी गर्न सक्नेछन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का. मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरेका छन् ।
हाल रु १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागी रु ६३ करोडको शेयर जारी गर्नेछ । सर्वसाधारण शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब १० करोड पुग्नेछ।