IME Life New

सानिमा लाइफले माग्यो १३४ जना कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले शाखा र उपशाखा प्रमुख ६७ जना र मार्के्टिङ अफिसरका लागि ६७ जना गरी १३४ जना माग गरेको हो ।

कम्पनीले शाखा कार्यालयहरु कञ्चनपुर बजार, नारायणगोपाल चोक, बत्तिसपुतली, घोराही, लिवाङ, कोहलपुर, रामपुरविर्तामोड, उर्लाबारी, ओखलढुंगा, फिदिम, धनकुटा, बर्दिवास, कलैया, चपुर, पाल्पा र अर्घाखाँचीका लागि कर्मचारी माग गरेको जनाएको छ ।

Esewa
Crest

त्यसैगरी उपशाखा कार्यालयहरु लेखनाथ, कुश्मा, बेनी, गोर्खा, बेसिसहर, हेम्जा, बिरौटा, लमही, परासी, तौलिहवा, विजुवार, तम्घास, महेलकुना, सल्यान, मान्मा, खलंगा, मंगलसेन, चैनपुर, पाटन, खलंगा, खाँदबारी, बेलवारी, रंगेली, कटारी, गौरीगञ्ज, ताप्लेजुङ, भोजपुर, चन्द्रगढी, पोखरिया, मलंगवा, गौर, सिमरा, निजगढ, चरिकोट, चौतारा, मेलम्ची, नौबिसे, दक्षिणकाली, जोरपाटी, साँखु, पेप्सीकोला, थानकोट, मनहरी, दामन, पाँचखाल, रामेछाप,सुख्खड र झलारी उपशाखाका लागि कर्मचारी माग भएको कम्पनीले जनाएको छ ।

कम्पनीले शाखा र उपशाखा प्रमुखका लागि वित्तीय क्षेत्र तथा मार्के्टिङ र बीमा क्षेत्रमा २ वर्षको कार्य अनुभव सहित न्यूनतम स्नातक वा सो सरहको शैक्षिक योग्यता उर्तिण गरेको पर्ने जनाएको छ भने मार्के्टिङ अफिसरको लागि वित्तीय तथा मार्के्टिङ र बीमा क्षेत्रमा १ वर्षको कार्य अनुभव भएको न्यूनतम स्नातक वा सो सरहको शैक्षिक योग्यता हुनु पर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका आवेदकले भदौ १५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS