IME Life New

यूनाइटेड फाइनान्सको नाफामा आकर्षक वृद्धि, प्रति शेयर आम्दानी १० रुपैयाँ ८३ पैसा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनाइटेड फाइनान्सले आर्थिक वर्ष ७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित रिपोर्ट अनुसार कम्पनीले १० करोड  ९४ लाख खुद नाफा गरेको छ।  अघिल्लो वर्ष कम्पनीले ६ करोड ४१ लाख खुद नाफा गरेको थियो।  खुद नाफा ७१ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको प्रति शेयर आम्दानी ३५ प्रतिशतले वृद्धि हुँदै १० रुपैया ८३ पैसा पुगेको छ।  गत वर्ष कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ थियो।

Esewa
Crest

कम्पनीले ६ अर्ब ५५ करोड निक्षेप संकलन गरी ६ अर्ब ८ करोड कर्जा प्रवाह गरेको छ।  निक्षेप ९ प्रतिशतले वृद्धि भएको छ भने कर्जा १५ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको जगेडा कोषमा ११५ प्रतिशतको वृद्धि आएको छ।  जगेडा कोष अहिले ४८ करोड २१ लाख पुगेको छ।

खराब कर्जा प्रतिशत कम्पनीले १ प्रतिशत मुनी नै राख्न सफल भएको छ। कम्पनीको प्रोभिजन रकम १६ प्रतिशतले कम भएको र राईट व्याक ७ प्रतिशतले वृद्धि भए संगै कम्पनीको खुद नाफामा राम्रै सकारात्मक असर पुगेको हो। प्रमुख आम्दानीको श्रोत खुद व्याज आम्दानी ३७ प्रतिशतले मात्र वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS