शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । नेप्से ५.०८ अंकले बढेर १,२५४५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै लाइफ इन्स्योरेन्स २० अंकले बढेको छ ।
दिनभरिमा १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर ४ हजार ९ सय ५ पटक खरिदविक्री हुँदा ४३ करोड ५ लाख २५ हजार ९ सय १७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ५ करोडमाथिको कारोबार भएको छ ।
त्यसैगरी सिवम् सिमेन्टको ३ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको प्रोमोटर शेयर, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआइसी एशिया बेंकको २ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशीको १ करोडमाथिको कारोबार भएको छ ।
स्वदेशी लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ५ प्रतिशतका दरले कमाएका छन् भने नबिल बैंकका शेयरधनीले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।