IME Life New

निर्धन उत्थान लघुबित्त कर्मचारी सगंठनको आन्दोलन फिर्ता, यस्ता मागको भयो सम्बोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन लघुबित्त कर्मचारी सगठनको आन्दोलन फिर्ता भएको छ । जेठ २८ गते कर्मचारी सगंठनले ब्यबस्थापन समक्ष राखेका माग पत्रलाई ब्यबस्थापनले सम्बोधन गरेपछि निर्धन उत्थान लघुबित कर्मचारी सगंठनले असार २७ गते देखि चरणबद्ध आन्दोलन गर्ने सम्पुर्ण कार्यक्रम फिर्ता लिएको हो ।

कर्मचारी हकहित र बिगतका बर्षमा कर्मचारी युनियनसँग गरेको सम्झौता कार्यान्वयनका लागि निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा आबद्ध रहेको कर्मचारी संगठनले पेश गरेको माग पत्रप्रति ब्यबस्थापन पक्ष उदासिन देखिएपछि संबद्व कर्मचारीहरु आन्दोलित भएका थिए । तर सो यूनियनले कर्मचारीहरुको उक्त मागलाई सम्बोधन गरेपछि आन्दोलन फिर्ता भएको स्रोतले जनाएको छ ।

Esewa
Crest

असार २५ गते रबसेको ब्यबस्थापन र सगंठनका बार्ताटोलिले निचोड निकालेको हो। सधै युनियनले ब्यबस्थापन विरुद्ध आन्दोलन गरेर नै आफ्नो माग सस्थागत गराइरहने परिपाटी लाई यस पटक को केन्द्रिय समितिले तोडेको हो ।

असार २१ देखि २३ गते सम्म चलेको बार्ता निष्कर्ष विहिन भएपछि सगंठनले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थियो। कर्मचारी र ब्यबस्थापनबीच आर्थिक ,सरुवा बढुवामा नितिगत सहमति गरेसगै सस्थाको साख सधै माथी उठाउन सबै कर्मचारी हातेमालो गर्दै अगाडि बढ्ने बिषयमा सहमति भएको कर्मचारी सगठन बार्ताटोलिका सयोजक महेन्द्र बहादुर चौधरी ले बताए।

सहमति बाट निकास निस्किएपछी सम्पुर्ण कर्मचारीले यस कार्यलाई बधाई ब्यक्त गरेका छन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS