IME Life New

नेप्से परिसूचक वुधवार ०.८९ अंकले घटेर ११८७ को विन्दुमा, निर्जीवन र जीवन बीमा उपसुचकमा गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको चौथो दिन वुधवार ० दशमलव ८९ अङ्कले घटेर ११८७ दशमलव ३२ अङ्कमा बन्द भएको छ। कारोबार रकम १४ करोड ९१ लाख पुगेको छ।
आज सबैभन्दा धेरै उत्पादनमूलक क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ । आज उत्पादन क्षेत्रको परिसूचक सबै भन्दा धेरै ० दशमलव ४३ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै हाटेल क्षेत्रमा वृद्धि भएको छ । होटल क्षेत्रको परिसूचक २ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ ।आज होटल, हाईड्रापावर र अन्य क्षेत्रको उपसुचकमा मात्र वृद्धि देखिएको छ।
आज सबै भन्दा धेरै फस्र्ट माईक्रोफाइन्स क्षेत्रमा ८४ लाख ८४ हजार बराबरको शेयर किन बेच भयो।


आज सबै भन्दा धेरैे सर्पोट माईक्रोफाइन्सको सेयरमा ९.९२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै नयाँ नेपाल लघुवित्त विकास वैंकको शेयरमा ५ दशमलव ३२ प्रतिशतले घट्न पुग्यो।
आज निर्जिवन बीमा कम्पनीको उपसूचक ० दशमलब ०७ प्रतीशतले घटेको छ ,भने ५ हजार ८ सय २५ को विन्दुमा कारेबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ०.३८ प्रतीशतले घटेर ५ हजार ८ सय ७४ विन्दुमा पुगेको छ ।

Esewa
Crest

आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १ करोड ३० लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पीहरुका १ करोड ८ लाख बराबरको कारोबार भएको छ ।
साताका चौथो दिन निर्जीवन बीमा र जीवन बीमा कम्पनिहरुको उपसुचकमा गिरावट आएको छ भने बजार सुस्त रहेको छ , कारोबार रकम अझै बढ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS