IME Life New

कम्पनी बिश्लेशण: पुँजी, जगेडा र बीमा कोषमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

विस २०५८ सालमा स्थापना भएको  नेपाल लाईफ इन्स्योरेन्स जीवन बीमा कम्पनीहरु मध्य अग्रस्थानमा बस्न सफल भएको जीवन बीमा कम्पनी हो। बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब पुँजीको लक्ष्य दिएकोमा नेपाल लाईफ इन्स्योरेन्सले ५ अर्ब पुँजी पुर्याएको छ। यसको मतलव नेपाल लाईफ इन्स्योरेन्स व्यापर व्यवसायमा निकै आक्रामक हुने प्रस्ट देखिन्छ। प्रत्यक वर्ष आकर्षक लाभांस दिदै आएको कम्पनीले लगानीकर्तालाई पनि खुशी बनाउदै आएको छ।

कम्पनीको तेश्रो त्रैमास कस्तो रह्यो ?
नेपाल लाईफ इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन रकम ४३ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यस आर्थिक वर्षको तेश्रो त्रैमास सम्म १५ अर्ब ३६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

नोट :साधारण सभा बाट पारित भैसकेको २५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समावेश गरिएको र सोही पुँजीको आधारमा प्रति शेयर आम्दानी गणना गरिएको छ। 

कम्पनीको खुद बीमा शुल्क आर्जन रकम ४२ प्रतिशतले वृद्धि हुँदै १५ अर्ब १९ करोड पुगेको छ। कम्पनीले जारी गरेको बीमा लेख संख्या ११ प्रतिशतले वृद्धि भएको छ।

कम्पनीको आर्थिक वर्ष ७४/७५को साधारण सभा सम्पन्न भएको अवस्थामा २५ प्रतिशत बोनस शेयरलाई पुँजीमा समायोजन गरे पश्चात कम्पनीको पुँजी ५ अर्ब ५० करोड पुगेको छ।कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ४६ करोड ७२ लाख खुद नाफा गरेको छ। कम्पनीको वार्षिक  प्रति शेयर आम्दानी ११ रुपैयाँ ३३  पैसा रहेको छ।

कम्पनीको जगेडा कोषको आकार ६१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ६१ करोड पुगेको छ भने जीवन बीमा कोषको आकार २५ प्रतिशतले वृद्धि भएर ५९ अर्ब ४६ करोड पुगेको छ।

अरु जीवन बीमा कम्पनी संग दाजेर हेर्दा के छ ?
जगेडा कोष, जीवन बीमा कोष र खुद बीमा शुल्क आर्जन रकमलाई दाँजेर हेर्दा सबै जीवन बीमा कम्पनी भन्दा नेपाल लाईफ इन्स्योरेन्स अघि छ।

जगेडा कोषको आधारमा :

श्रोत : आर्थिक वर्ष ७५/७६ को तश्रो त्रैमासको आधारमा

जीवन बीमा कोषको आधारमा :

श्रोत : आर्थिक वर्ष ७५/७६ को तश्रो त्रैमासको आधारमा

खुद बीमा शुल्क आर्जन रकमको आधारमा :

श्रोत : आर्थिक वर्ष ७५/७६ को तश्रो त्रैमासको आधारमा

लगानीकर्तालाई आकर्षक लाभांस
विगत ५ वर्ष अघिको लाभांसको इतिहास हेर्दा नेपाल लाईफ इन्स्योरेन्सले २४० प्रतिशत लाभांस दिएको छ। जसमा १७७ प्रतिशत बोनस शेयर र ६३ प्रतिशत नगद लाभांस रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS