IME Life New

प्रदेश सरकारले ल्यायो प्राकृतिक जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको बजेटमा अन्य क्षेत्र लगायत बीमालाई पनि समावेश गरेको छ । सातवटै प्रदेशले बर्ष आर्थिक वर्ष २०७६/७७ का लागि आयव्यय सहितको बजेट सावजनिक गरेको हो । ‘भौगोलिक जटिलता र विपदबाट हुने दुर्घटनाका कारण मृत्यू भएमा प्रतिव्यक्ति १ लाख प्राप्त गर्ने गरी प्राकृतिक जोखिम विरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रमबाट सम्पूर्ण कर्णालीबासीको बीमा गरिने प्रदेश सरकारले बजेटमा व्यवस्था गरेको छ ।

त्यस्तै विपद जोखिम क्षेत्रमा रहेका बसोबास गर्ने घरहरु विपदमा परी पूर्ण क्षति भएमा प्रतिघर ५ लाख बराबरको बीमा गर्ने व्यवस्था सरकारले उक्त बजेटमा समावेश गरेको छ । जसमा प्राकृतिक जोखिमका कारण कर्णालीबासीको मृत्यू भएमा सम्बन्धित व्यक्ति तथा उसको परिवारले १ लाख रुपैयाँ दाबी भुक्तानी रकम प्राप्त गर्र्न सक्ने छन् ।

Esewa
Crest

कर्णाली प्रदेश सरकारले ५ लाख रुपैयाँ बराबरको घर बीमा कार्यक्रम पनि बजेट मार्फत ल्याएको छ । उक्त कार्यक्रम अन्तरगत कर्णाली प्रदेशका कुनै पनि घर प्राकृतिक विपत्तिको कारण भत्किएमा बीमा कम्पनीले नै ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने समेत बजेटमा व्यवस्था गरेको छ ।

प्रदेश सरकारले आर्थिक बर्षको बजेटमा १ हजार घरको बीमा गर्ने गरी ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बीमा गरिएका घर भत्किएमा घरधनीले ५ लाख रुपैयाँ र सोही घरमा परेर परिवारका कुनै सदस्यको मृत्यू भएमा थप ५ लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरी बीमा दाबी उक्त परिवारले प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि प्रतिष्ठान गठन, पत्रकारहरुको बीमा र क्षमता अभिवृद्धि र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्न सरकारले २० करोड बजेट विनियोजन गरेको छ । केन्द्रीय सरकाले नल्याएको बीमा क्षेत्रका कार्यक्रमलाई कर्णाली प्रदेश सरकारले प्रादेशिक बजेट मार्फत ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS