IME Life New

पप्पु कन्स्ट्रक्सनको गल्ती बारम्बार दोहरीदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौंको तिनकुनेस्थित बागमति पुलमा लापरपवाही गरेपछि कारवाहीका लागि सिफारिस भएको एक हप्ता अपुग्दै पप्पुको अर्को बदमासी सार्वजनिक भएको छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्ने समय समेत गुज्रिसक्दा पनि पप्पुले पर्सा जिल्लाको तिलावे पुललाई अझै अलपत्र पारिरहेको छ । आइतबार संसदको विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्का नेतृत्वको टोलीले तिलावे पुलको स्थलगत अवलोकन गरेको छ ।

Esewa
Crest

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायतको टोलीले स्थलगत अध्ययन गरेको थियो । पप्पुले पुल निर्माणमा चरम लापरवाही गरेको स्पष्ट देखिएको सभापति खड्काले बताइन् ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले एक हप्ताभित्र पुलको पाइल्स निर्माण गरि अस्थायी आवत जावतको व्यवस्था नगरे कारवाही गर्ने चेतावनी दिए । सभापति खड्काको टोलीले रौतहट जिल्लाको सन्तपुर पिपरा गौर सडक अन्तर्गत चेतनगर सडकमा कमसल कालोपत्रे गरिएको गुनासो आएपछि अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा कालोपत्र गरिएको सडक कमजोर देखिएकाले तत्काल प्राविधिक परिक्षण गरि दोषी उपर कारवाही गर्न पनि सभापति खड्काले हुलाकी सडक आयोजनालाई निर्देशन दिएकी छिन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS