IME Life New

झापा जिल्लामा कामना सेवाको दुई नयाँ शाखा विस्तार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्


कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं.१ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुंङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा आफ्नो ८८औं र ८९ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुभारम्भ भएकोहो ।

Crest

प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले शाखा समेत गरि प्रदेश नं १ मा ९ शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउंदै देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा पनि गति मिल्ने बैंकले बिश्वास लिएको बताए ।

काठमाण्डौ – ३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ८९ वटा शाखा कार्यालयहरु तथा ४० वटा मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने भएको छ ।

साथै, मोबाइल बैंकिग, इन्टरनेट बैंकिग, सि आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS