IME Life New

सिद्धार्थ इन्स्योरेन्सको १५.४८ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सको १५ दशमलव ४८ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभाका लागि जेठ ३० गते बिहीबारदेखि असार १३ गतेसम्म बुक क्लोज गर्दैछ । बुक क्जोज भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने पाउनेछन् ।

इन्स्योरेन्सले असार १३ गते साधाराण सभा बोलाएको छ । यसले बोनस सेयर वितरणमा १३ करोड ४० लाख ८१ हजार ६ सय ५० रुपैयाँ खर्च गर्नेछ । बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने नदिने भएको छ ।

Esewa
Crest

सभामा २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने तथा नाफा–नोक्सान हिसाब पारित गर्ने छन् । लेखापरीक्षकको नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभाले संस्थापक सेयरधनी समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ छ । बोनस वितरणपछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS