निर्जीवन बीमा कम्पनीहरुको बीमा कोष ९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको नौँ महिनाको अवधिमा कम्पनीहरुको कोषमा उक्त रकम जम्मा भएको देखिएको हो ।
कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको बीमा कोषमा धेरै रकम जम्मा भएको देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको कोषमा १ अर्ब ६४ करोड ४७ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको कोषमा १ करोड १९ लाख रुपैयाँ छ ।