IME Life New

नेपाल इन्स्योरेन्सको शेयर लिलामीमा आवेदन दिने अन्तिम दिन जेठ १९ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपाल इन्स्योरेन्स कम्पनीको १ लाख ४७ हजार १०३.०८ कित्ता शेयर लिलामी भर्ने जेठ १९ गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले आइतबार दिउँसो ३ भित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ । नेपाल इन्स्योरेन्सले जेठ ५ गतेदेखि लिलामी सेयर खुला गरेको थियो । कम्पनीले सर्वसाधारण समूहको १ लाख ४४ हजार ५८१.३६ कित्ता र संस्थापक समूहको २ हजार ५११.७३ कित्ता सेयर लिलामी खुला गरेको हो ।

प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर लिलामी भर्नुपर्ने हुन्छ । लिलामी भर्दा लगानीकर्ताले बजार भाउलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । बिहीबार नेपाल इन्स्योरेन्सको नेप्सेमा प्रतिकित्ता ३ सय ८६ रुपैयाँ मा अन्तिम कारोबार भएको थियो ।

Esewa
Crest

इन्स्योरेन्सले यसअघि ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । त्यसबेला बिक्री हुन बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याइएको हो । नेपाल इन्सुरेन्सले गत फागुन २१ देखि चैत्र २५ गतेसम्म ४० लाख १४ हजार ६५१.५८ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ३८ लाख ६७ हजार २८८.५० कित्ता हकप्रद मात्र बिक्री तथा बाँडफाँट भएको थियो ।

लिलामी शेयरमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं तथा ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणढ, वीरगञ्ज, विराटनगर, पोखरा, बाग्लुङ, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिनेछ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS