IME Life New

रिलायबल लाइफ र यूनियन लाइफलाई दाँजेर हेर्दा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनियन लाईफ इन्स्योरेन्स र रिलायबल लाईफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनी भएपनि पुराना जीवन बीमा कम्पनीहरुलाई टक्कर दिँदै आएका बीमा कम्पनी हुन्।

यूनियन लाईफ इन्स्योरेन्स र रिलायबल लाईफ इन्स्योरेन्स आक्रामक रुपमा व्यापार व्यवसाय फैलाउँदै आएका छन्। दुवै जीवन बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्था छ। दुई नयाँ जीवन बीमा कम्पनीलाई इन्स्योरेन्स खबरले गरेको तुलनात्मक अध्ययन यस्तो छ ।

Esewa
Crest

चुक्ता पूँजीको आधारमा
यूनियन लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५० करोड छ भने रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैया छ। निकट भविष्यमा आईपिओ मार्फत दुवै कम्पनीले २ अर्ब पूँजीको लक्ष्य हासिल गर्ने छन्।

जगेडा कोषको अधारमा
जगेडा कोषको अधारमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स अघि छ। रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जगेडा कोषमा ३८ करोड ९७ लाख रुपैयाँ संचित छ भने यनियन लाईफ इन्स्योरेन्सको जगेडा कोषमा १६ करोड ८९ लाख रुपैयाँ संचित छ।

जीवन बीमाकोषको अधारमा
जीवन बीमा कोषको आधारमा यूनियन लाईफ इन्स्योरेन्स अघि छ। यूनियन लाईफको जीवन बीमा कोषमा १ अर्ब २७ करोड छ भने रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ४१ करोड ३१ लाख रुपैया छ।

बीमाशुल्क आर्जनको आधारमा
यूनियन लाईफ इन्स्योरेन्सले १ अर्ब ७१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ६२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले ९३ करोड १३ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ८८ करोड ५७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

बीमालेख संख्याको आधारमा
बीमालेख संख्याको आधारमा रिलायाबल नेपाल लाईफ इन्स्योरेन्स अघि छ। रिलायाबल नेपाल लाईफ इन्स्योरेन्समा ४ लाख ४९ हजार कायम रहेको बीमा लेख संख्या छन् भने यूनियन लाईफ इन्स्योरेन्समा ५६ हजार ३ सय ४७ बीमा लेख संख्या कायम छन्।

खुद नाफाको आधारमा
खुद नाफाको आधारमा रिलायाबल नेपाल लाईफ इन्स्योरेन्स अघि छ। रिलायाबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १५ करोड ४२ लाख खुद नाफा गरेको छ भने यूनियन लाईफ इन्स्योरेन्सले १० करोड ६० लाख खुद नाफा गरेको छ।

नोटःजीवन बीमा कम्पनीहरुको एक्चुरी मुल्यांकन पश्चात मात्र वास्तविक नाफा आउने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS