साताको अन्तिम कारोबार बिहिबार शेयर बजार ५ अंकले बढेर १,३१९.४७ अंकमा कायम भएको छ । कारोबार शुरु भएको साढे २ घन्टामा उर्लिएको शेयर बजार कारोबार बन्द हुँदा सामान्य रुपमा बढेको छ । कारोबार शुरु भएको साढे २ घन्टामा १७ अंकले बढेको नेप्से कारोकार बन्द हुँदा ५ अंकमा कायम भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २३ अंकले बढेर २ सय ८१ दशलमव १५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
बैंकिङ, लाईफ इन्स्योरेन्स, म्युचल फण्ड र अन्य बाहेक सबै उपसुचक घटेका छन् । दिनभरिमा १ स ७४ वटा कम्पनीको ४८ लाख ९४ हजार ६ सय ८१ कित्ता शेयर १६ हजार ३ सय ३ पटक खरिदविक्री हुँदा १ अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७ सय ९२ रुपैयाँको कारोबार भउको छ ।
सिवम् सिमेन्टको सबैभन्दा धेरै १७ करोडमाथिको कारोबार भएको छ । नेपाल बैंकको १६ करोडमाथिको कारोबार भउको छ भने प्रभु बैंकको १० करोडभन्दा बढीको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालयन उर्जाका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावरका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।