१ः३० बजेको अपडेट – बजेट आएको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८ दशमलव ३९ अंकले बढेर १ हजार ३ सय १३ दशमलव ८८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो भने आज बजेट भाषण भएको दोस्रो दिन नेप्से १७ अंकले बढेको छ ।
यतिबेला होटल र उत्पादनमुलक बाहेकस सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा ८३ अ.कले बढेको छ । सोही समयमा १ सय ६८ वटा कम्पनीको ३३ लाख ३ हजार ४ सुय ७९ कित्ता शेयर १० हजार ७ सय ८२ पटक खरिदविक्री हुँदा १ अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।
नेपाल बैंकको सबैभन्दा धेरै १० करोडभनदा बढीको कारोबार भएको भने प्रभु बैंकको ८ करोडमाथिको कारोबार भएको छ । सिवम् सिमेन्टको ७ करोड ९१ लाख ७७ हजार ६ सय ४ज्ञ रुपैयाँको कारोबार भएको छ भने अन्य कम्पनीहरुको पनि कारोबार सकरात्मक नै छ ।
यस अवधिमा हिमालयन उर्जा विकास कम्पनी र कालिका पावरका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने पाँचथर पावर कम्पनीका शेयरधनीले ९ प्रतिशतका दरले गुमाएका छन् ।