IME Life
GBIME

सानिमा लाईफ इन्स्योरेन्स र मेगा बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
NIC ASIA new
NLIC

जिबन बीमा ब्यबसाय गर्ने सानिमा लाईफ इन्स्योरेन्स र मेगा बैंक बिच  संझौता भएको छ । सो संझौतामा सानिमा लाईफ इन्स्योरेन्सको तर्फबाट कम्पनीका नायव महाप्रवन्धक केशब राज के.सी तथा मेगा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रबिना देशराज श्रेष्ठले उक्त सम्झौता पत्रमा गरेका छन्। उक्त सम्झौता अनुसार ग्राहकहरुले मेगा बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गरी प्रचार प्रसारको माध्यमबाट सर्वसाधारणमा वीमा चेतना जगाई नेपालीहरुलाई जीवन वीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन वीमा सेवा प्रदान गर्ने आफ्नो योजना रहेको जनाएको छ ।

Crest

नेपालको प्रतिष्ठित बाणिज्य बैंकहरु मध्येको एक सानिमा बैङ्क तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपालीहरुद्वारा प्रबर्धित सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी ३ अर्व र जारी पूँजी रु २ अर्व रहेको छ । जारी पुजी मध्ये रु १ अर्व ४० करोड चुक्ता भै सकेको छ । कम्पनीले निकट भविष्यमा जारी पुजीको ३० प्रतिशत अर्थात रु ६० करोड सर्वसाधारणमा सेयर विक्री गर्नेछ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS