IME Life New

विहीबार शेयर बजारमा सामान्य गिरावट, उतारचढाव देखिएको बजारमा बिमा समूहको सूचक ३४.६६ अंकको ओरालो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट देखिएको छ। नेप्से ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ। नेप्सेमा १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता शेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ।
शेयर बजार विहीबार १३८७.१० अंकमा खुलेको थियो। कारोबार अवधिभर १३८२.१३ विन्दूसम्म घटेको बजार सवा दुई बजे बढेर १३९५ अंक नाघेको थियो। तर अन्तिम समयमा बजार फेरि घटेर बन्द भएको हो।
विहीबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सबैभन्दा धेरै ५ करोड ५० लाख रुपैयाँको किनबेच भएको थियो। दिनभरको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको शेयर ३.८३ प्रतिशतले घटेको छ।
कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बिमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ। विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ। आज बिमा समूह को सूचक ३४.६६ अंक ले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS