IME Life New

सुवेदीलाई हटाएर राधा बनिन पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला अध्यक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल पूँजीबजार लगानीकर्ता संघको अध्यक्ष पदबाट नवराज सुवेदीको नाम हटाई राधा पोखरेलको नाममा दर्ता गरिएको छ । सुवेदी लामो समयदेखि संघको नाममा गतिविधि गर्दै आएका थिए तर अब सुबेदीलाई साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरी पोख्रेललाई अध्यक्ष बनाएर नयाँ संघ दर्ता गरिएको हो ।

यस अघि सघंको उपाध्यक्ष रहेकी राधा पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन् । यसै गरि बैठकले उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ । यसैगरी सदस्यहरुमा भने आविस्कार घिमिरे र वाईपी दाहाललाई चयन गरिएको संघले प्रेश विज्ञप्ती मार्फत जानकारी दिएको  छ ।

Esewa
Crest

चार वर्षको लागि अध्यक्ष हुनु भएकी राधा पोखरेलले फेसबुक मार्फत सबैलाई धन्यवाद दिदै लगानिकर्ताको हितको लागि अगाडि बड्ने बताउनु भयो।

(फोटो सामाजिक संजालबाट)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS