IME Life New

रेमिटान्सबाट उदाएका आईएमई र प्रभु समूहको रोचक ‘कर्पोरेट वार’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: करिब १८ वर्ष अगाडी चन्द्र प्रसाद ढकालले इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) मार्फत विदेशबाट नेपालमा रेमिटान्स भित्र्याउने अबधारण ल्याउदा तत्कालिन समयमा नेपाल राष्ट्र बैंकले समेत बिश्वाश गरेको थिएन, तर सेवा सुरु गरेको छोटो समयमै इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई) ले आफ्नो व्यापारमा मात्र सफलता पाएन समग्र मुलुककै अर्थतन्त्रमा ठुलो टेवा पुर्‍यायो।

आईएमईको ब्यापारिक सफलतालाई नजिकबाट नियालेका देवी प्रकाश भट्टचनले आईएमई संचालनको केहि समय पछाडी प्रभु मनी ट्रान्सफर नामको मनी ट्रान्सफर कम्पनी खोले संगै आईएमई समूह र प्रभु समूहको वित्तीय साम्राज्य विस्तारको लडाई सुरु भयो। रोचक कुरा त के छ भने आईएमई समूहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रभु समूहका अध्यक्ष देवी प्रकाश भट्टचनको गृह जिल्ला पनि एउटै बागलुंग जिल्ला हो, बागलुंग नेपालमा सबै भन्दा धरै आउने जिल्लाको रुममा समेत चिनिन्छ  ।

Esewa
Crest

सरसर्ती हेर्दा आईएमई समूहले जुन ब्यबसायको सुरु गर्छ प्रभु समूहले पनि सोहि प्रकृतिको व्यापारमा हात हालेको देखिन्छ ।आईएमई समूहले आफ्नो रेमिटान्स ब्यबसायको अपार सफलता संगै आईएमई मार्फत नेपाल भित्रिने रेमिटान्सलाई बचत गर्दै उत्पादनमुलक क्षेत्रमा परिचालन गर्ने उदेश्यले आईएमई फाइनान्स कम्पनी खोलेको केहि समयमा प्रभु समूहले पनि सोहि प्रकृतिको प्रभु फाइनान्स कम्पनी खोल्यो। आईएमई फाइनान्स संचालनको लामो समय नहुदै आईएमई समूहले आफ्नो क्रस होल्डिंग रहेको तत्कालिन ग्लोबल बैंकसंग आईएमई फाइनान्स मर्ज गरि ग्लोबल आईएमई बैंकको नामबाट कारोबार सुरु गर्दा प्रभु समूह ‘दिनको भोक न रातको निन्द्रामा’ पुग्यो र तत्कालिन किस्ट बैंकसंग प्रभु फाइनान्स कम्पनी मर्ज गरि प्रभु बैंकको नामबाट कारोबार गर्दै आईएमई समूहलाई टक्कर दियो ।

प्रभु समूहले आईएमई समूहलाई रेमिटान्स, फाइनान्स र बाणिज्य बैंकमा मात्र होइन सहकारीमा पनि टक्कर दिन छोडेन, जब आईएमई समूहले आईएमई को–अपरेटिभ नामको सहकारी खोल्यो, प्रभु समूहले पनि प्रभु को–अपरेटिभ नामबाट सहकारी क्षेत्रमा हात हाल्यो ।यो लडाई रेमिटान्स र वित्तीय क्षेत्रमा मात्र सिमित रहेन जब आईएमई समूहले तत्कालिन एन. बि. इन्स्योरेन्स (हालको आईएमई जनरल इन्स्योरेन्स) किन्ने प्रयाश सुरु गर्यो प्रभु समूहले तत्कालिन एलाइन्स इन्स्योरेन्स किने संगै यी दुई समूहको ‘कर्पोरेट वार’ इन्स्योरेन्स क्षेत्रमा पनि देखियो।

यो ‘कर्पोरेट वार’ निर्जिबन बीमा ब्यबसायमा मात्र नभएर जिबन बीमा ब्यबसायमा समेत देखियो । जब बीमा समितिले आईएमई समूहलाई आईएमई लाइफ इन्स्योरेन्सको कारोबार इजाजत दियो तब प्रभु समूहको निन्द्रा हराउन थाली सकेको थियो तर कर्पोरेट जगतका कुशल खेलाडीहरुको प्रभु समूहले स्टार लाइफ इन्स्योरेन्सको बहुमत शेयर किन्दै ‘प्रभु लाइफ इन्स्योरेन्स’को नामबाट कारोबार सुरु गरे गर्दै आईएमई समूहसंग आफु कम्जोर नरहेको प्रमाणित गर्यो।

यी दुई समूहको कर्पोरेट वार येतिमा मात्र सिमित रहेन जब आईएमई समूहले आईएमई डिजिटल सोलुसन मार्फत मोबाइल वित्तीय सेवामा आधारित ‘आईएमई पे’को प्रक्रिया सुरु गर्यो र नेपाल राष्ट्र बैंकबाट नेपालकै पहिलो मोबाइल वित्तीय सेवामा डिजिटल वित्तीय कारोबार अनुमति पायो प्रभु समूहले सोहि प्रकृतिको कम्पनी प्रभु टेक्नोलोजी मार्फत ‘प्रभु पे’ ल्यायो ।

अन्य ब्यबसायमा आईएमई समूह र प्रभु समूह एक अर्कामा प्रतिस्पर्धी देखिए पनि, डिस मिडिया नेटवर्कमा भने दुवै समुहले एउटै कम्पनी प्रबर्धन गरेका थिए, डिस मिडिया नेटवर्कमा प्रभु समूहका देवीप्रकाश भट्टचनले लामो समय नेतृत्व गरे तर पछिल्लो समय प्रभु समूहले आफ्नो एकल स्वमित्वोको प्रभु टिभी सार्बजनिक गर्यो, तब यी दुई समूह बीच तिक्तता सुरु भयो प्रभु टिभी डिस मिडिया नेटवर्क/डिस होमको प्रतिस्पर्धी जस्तो देखिन थाले पछि प्रभु टिभी र डिस मिडिया नेटवर्क/डिस होम दुवैका अध्यक्ष देवीप्रकाश भट्टचनलाई डिस मिडिया नेटवर्क/डिस होमको नेत्रित्वो छोड्न आईएमई समूहले दबाब दियो, यो संगै यी दुई समूहको विवाद सतहमा आएको बताइन्छ

अहिले देवी प्रकाश भट्टचनले डिस मिडियाको अध्यक्ष पद छोडीसकेका छन्, तर प्रभु समूहले आफ्नो लगानी भने फिर्ता गरिसकेको छैन, तर श्रोतले जनाए अनुसार आईएमई समूह संग बार्गेनिंग गर्दै गरेको बुझिएको छ, डिस मिडियामा रहेको आफ्नो शेयर महँगो मूल्यमा आईएमई समूहलाई बिक्रि गरेर प्रभु टिभीको प्रबर्दनमा लाग्ने सोच राखेको प्रभु समूहले सिम टिभी समेत किन्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS