काठमाडौं । नेपाली क्रिकेटको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तेसो संस्करण सोमबारदेखि सुरु हुँदेछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय परिसरमा अवस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ।
सोमबार बेलुकी साढे ४ बजेपछि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, मंगलबारदेखि दैनिक दुई खेल सञ्चालन हुनेछन्। क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार, पहिलो खेल दिउँसो साढे १२ बजे र दोस्रो खेल बेलुकी ५ बजे सुरु हुनेछ।
प्रतियोगितामा यस वर्ष लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्स, चितवन राइनोज, कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र काठमाडीं गोर्खाज सहभागी हुनेछन्। यी आठ टोलीले लिग चरणमा प्रत्येक टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा प्राप्त अंकका अाधारमा क्रमशः प्रतियोगिताको माथिल्लो चरणमा प्रवेश सुनिश्चित हुनेछ।












