IME Life New

ओम डेभलपमेन्ट बैंक र ओम हस्पिटलबिच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ:

ओम डेभलपमेन्ट बैङ्क लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, काठमाडौँ बिच सम्झौता भएको छ । सम्झौता अनुसार ओम डेभलपमेन्ट बैङ्क लि.का कर्मचारी तथा कर्मचारीका परिवारहरू, खातावालाहरु तथा शेयरधनीहरुलाई अस्पतालले प्रदान गर्ने मेडिकल शुल्क, अपरेशन शुल्क, ल्याब शुल्क, बेड शुल्क, प्याथालोजि शुल्क, भिडियो एक्स्रे शुल्क, सिटी स्क्यान शुल्क, एक्स्रे शुल्क, ईसिजी लगायत ईको जाँच शुल्क, डेन्टल उपचार शुल्क तथा अन्य विभिन्न स्वास्थ्य सेवा शुल्कमा छुट प्रदान गर्नेछ ।

Esewa
Crest

बैङ्क र अस्पतालबिच भएको सम्झौतामा बैङ्कको तर्फबाट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारी र अस्पतालको तर्फबाट अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर कार्यक्रममा अस्पतालका अध्यक्ष डा.भोला रिजालको उपस्थिति थियो । सम्झौतापछि बैङ्कका कर्मचारी, ग्राहक तथा शेयरधनीहरुले स्वास्थ्य शुल्कमा छुट पाई लाभान्वित हुने बैङ्कले विश्वास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS