IME Life New

वोमी माइक्रोफाइनान्सले दोस्रो त्रैमासमा गर्यो आसालाग्दो प्रगति, खराबकर्जाको अनुपात घटाएर प्रतिसेयर आम्दानीमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (WOMI) ले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा आसालाग्दो वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले संचालन मुनाफामा उल्लेखीय बढोत्तरी गर्दे खराबकर्जाको अनुपात घटाएर प्रतिसेयर आम्दानी सुधार गरेको छ ।

Esewa
Crest

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा खुद नाफा ८४ प्रतिशतले बढाएर प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ७ पैसा देखाएको छ । कम्पनीले गतबर्ष १.७५ प्रतिशतमा रहेको खराब कर्जा ०.८४ प्रतिशतमा झारेको छ ।

यसवअिधमा कम्पनीले एक करोड ८४ लाख खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ८४ प्रतिशत बढी हो । गतबर्ष वोमीले एक करोड ३० हजार खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी तथा संचालन मुनाफा बढेपछि कम्पनीको खुद नाफा बढेको हो । कम्पनीको प्रतिशेयर आम्दानी ५७ रुपैँयाँ ७ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैँयाँ ५५ पैंसा छ भने तरलता अनुपात ११.४४ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा ५ करोड ४० लाख रुपैंया चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको चुक्ता पूँजी ७ करोड ७७ लाख पुगेको छ । जसमा कम्पनीले घोषणा गरेको २० प्रतिशत बोनस समावेश गरिएको छ । त्यस्तै जगेडाकोषको आकार बढाएर ४ करोड ४४ लाख पुर्याएको छ । कम्पनी ३० प्रतिशत हकप्रद बिक्रीको प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS