IME Life New

बल्ल खुल्यो अपर तामाकोशीको आईपीओ; पहिलो चरणमा दोलखाका स्थानीयले भर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई आईपीओ निष्कासन गर्न लागेको छ। कम्पनीले १ करोड ५ लाख ९० हजार कित्ता प्राथमिक शेयर एक सय रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्न लागेको हो  । स्थानीयबासिन्दालाई असार २४ देखि साउन ९ गतेसम्म आईपीओ खुला रहने  छ ।

स्थानीयबासिन्दाले न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्ता  सम्म आवेदन दिन सक्ने छन्।

Esewa
Crest

कम्पनीले स्थानियका लागि १० प्रतिशत र सर्वसाधारणमा १५ प्रतिशत सेयर जारी गर्नेछ । माथिल्लो तामाकोशीले गत फागुनमा तीन करोड ६० लाख ६ हजार कित्ता सेयर बीमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चयकोषमा रकम जम्मा गर्ने कर्मचारीको लागि सेयर निष्काशन गरिसकेको छ ।

प्रथम चरणको शेयर बाँडफाँड पश्चात् कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने छ। कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता शेयर सर्वसाधारणलाई दिने छ। सर्वसाधारणले भने न्यूनतम ५० कित्ता र अधिकतम १००० कित्ता सम्म आवेदन दिन पाउने छन्। आईपिओ पछि कम्पनीको पुँजी १० अर्ब ५९ करोड पुग्ने छ। दोलखामा बन्दै गरेको आयोजना ४५६ मेगावाटको हो।

राष्ट्रिय गौरबको यो आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS